aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

सञ्चारमाध्यमहरुले यसो भने, यसो भनिन् भनेकाे फेरि ओलीलाई मन परेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
सञ्चारमाध्यमहरुले यसो भने, यसो भनिन् भनेकाे फेरि ओलीलाई मन परेन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति पुःन असन्तुष्टि जनाएका छन् । 

मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन् । सञ्चारमाध्यमहरुले अङ्ग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफु अपमानित भएको ठान्ने गरेको बताए । 

नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरुले कसैलाई हजुरभन्दा सारै सानो ठान्ने गरेको बताए । ‘सञ्चारमाध्यमहरुबाट हामी छापिएको हेर्छौ । त्यो के देख्छौँ छापिएकोमा । हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । 

हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ । हाम्रा सञ्चारमाध्यमहरुलाई हजुर भन्दाखेरी सारै सानो ठान्छन् । हाम्रो सञ्चारमाध्यमलाई अङ्ग्रेजीको कपि गरेर बोलाउँदा मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाएका छन् । नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफुभन्दा ठूला तथा दौतरीहरुलाई तपाई भनेर भनिने उल्लेख गर्दै ओलीले भने, ‘तपाई भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । 

अङग्रेजीमा यु भनेपछि पुग्छ । बीबीसीले पहिले सुरु ग¥यो । यसो भने, यसो भनिन् । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । अनी त्यही कपि गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’

प्रतिक्रिया दिनुहोस