aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फिलिपिन्सको निर्यात ७० अर्ब डलर, भियतनामपछि सर्वोत्कृष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
फिलिपिन्सको निर्यात ७० अर्ब डलर, भियतनामपछि सर्वोत्कृष्ट

मनिला ।   फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ । व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो वर्ष फिलिपिन्सको निर्यात व्यापार ६९ अर्ब ३० करोड डलर रहेको बताएका छन । विश्वव्यापी रुपमा व्यापारमा आएको अनिश्चितताका बीच पनि मुलुकको अर्थतन्त्र सही मार्गमा रहेको लोपेजले बताए ।

अनिश्चितताका बाबजूद निर्यात व्यापारमा १.५ प्रतिशतले वृद्धि हुनु निकै सकारात्मक रहेको बताउँदै सचिव लोपेजले पूर्वी एसियाली मुलुकहरुमध्ये भियतनाम पछि फिलिपिन्सले सर्वोत्कृष्ट प्रदर्शन गरेको जानकारी दिए ।

हाम्रो लक्ष्य नै उत्पादन क्षमता र निर्यातजन्य वस्तुको उत्पादन बढाउनु तथा साझेदार मुलुकहरुसँगको व्यापार सम्बन्धलाई अझ परिस्कृत गर्नु हो, लोपेजले भने ।

पहिलो पटक, फिलिपिन्सको विद्युतीय सामग्रीको निर्यात ४० अर्ब डलर पुगेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०१९ मा यो ४.४ प्रतिशतले बढी हो । यस क्षेत्रले कूल निर्यातको करिब ५७ प्रतिशत हिस्सा ओगटेको सचिव लोपेजले जानकारी दिए । गैर विद्युतीय सामग्रीको निर्यात भने करिब ३० अर्ब ३० करोड अमेरिकी डलर बराबरको भएको छ । फिलिपिन्सको आयात भने सन् २०१९ मा ४.८ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब ४० करोड डलर भएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस