aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

तोकियो विद्युतीय सवारीसाधन चार्ज गर्दा लाग्ने महसुल

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २९ माघ २०७६
तोकियो विद्युतीय सवारीसाधन चार्ज गर्दा लाग्ने महसुल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारीसाधनको चार्ज गर्दा लाग्ने महसुल पहिलोपटक निर्धारण गरेको छ । प्राधिकरणले चार्जिङ स्टेशनबाट सवारीसाधन चार्ज गर्दा सार्वजनिक र निजी विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै महसुल निर्धारण गरेको छ । 

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तारै बढ्दै गएकाले प्राधिकरण आफै मुलुकका प्रमुख शहर र केही राजमार्ग आसपासका क्षेत्रमा ५० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गर्दै छ । प्राधिकरणले आफै पनि यस्ता चार्जिङ स्टेशन निर्माण गर्न लागेको र निजीक्षेत्रले पनि यो सञ्चालनमा ल्याइसकेकाले यसका लागि विद्युत् महसुल निर्धारण गरिएको हो ।

हाल विद्युतीय सवारी विक्री गर्ने केही कम्पनी र निजीक्षेत्रको सुन्दर यातायातले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् । तर, यस्ता चार्जिङ स्टेशनमा सवारीसाधन चार्ज गर्दा लाग्ने महसल कसरी उठाउने भन्ने विषयमा नीतिगत प्रावधान भने थिएन । 

प्राधिकरणले महसुल स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा शुक्रवार पठाइसकेको छ । प्राधिकरणले डिमान्ड शुल्क नलाग्ने गरी टाइम अफ डे मोडेलमा महसुल प्रस्ताव गरेको हो । प्राधिकरणले साँझ पिक समय, अफ फिक समय र अन्य समयका लागि फरकफरक विद्युत् महसुल प्रस्ताव गरेको छ । साथै, केभी, भोल्टेजका आधारमा पनि फरकफरक शुल्क निर्धारण गरिएको छ । 

अहिले निजीक्षेत्रको सुन्दर यातायात प्रालिले निजी प्रायोजनका लागि काठमाडौंमा दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । उक्त कम्पनीले प्रतियुनिट १० रुपैयाँ ५० पैसाका दरले प्राधिकरणलाई शुल्क बुझाउँदै आएको छ । 

प्रस्तावित महसुलअनुसार साँझ ५ बजेदेखि राति ११ बजेभित्र गाडी चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ ४० पैसादेखि ११ रुपैयाँ ७० पैसा शुल्क लाग्नेछ । यस्तै, राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि प्रतियुनिट ४ रुपैयाँ ४५ पैसादेखि १० रुपैयाँ ३० पैसा सम्म शुल्क लाग्नेछ । 

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेभित्र गाडी चार्ज गर्दा प्रतियुनिट ६ रुपैयाँ ६० पैसादेखि १० रुपैयाँ ३० पैसासम्म लाग्नेछ ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने प्रस्तावित महसुल महँगो भएको टिप्पणी गरे । उनले भने, ‘हामीले अहिले प्रतियुनिट १० रुपैयाँ ५० पैसासम्म महसुल तिरेका छौं ।

प्रतिक्रिया दिनुहोस