
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बिगत केहि दिन देखि कोरोना भाइरस संक्रमण हुदा देखा पर्ने लक्षण भएका बिरामीहरु देखा परेका छन् ।
बिगत केहि दिन देखि यस्ता बिरामी देखा परेको भन्दै जुगल गाउँपालिकाले बागमती प्रदेश सरकार, जिप्रका सिन्धुपाल्चोक तथा जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको हो ।
पत्रमा भनिएकाे छ, सिन्धुपाल्चोक जिल्ला जगल गाँउपालिका वडा न.३ साविक गम्बा गा.वि.स. वडा नं ८ गम्बा वस्तीमा मिति २०७४।१०।२७ गते देखि हाल विश्वमा फैलिरहेको नोबेल कोरोना भाईरस को लक्षण संग मिल्ने रुघा, खोकि र अत्याधिक जरो जस्ता लक्षणका विरामीहरु देखा परेको हुँदा सो को परीक्षण गरी रोग पहिचानका लागि विषेश टोली खटाई। आवश्यक सहयोग गरी दिनुहुन अनुरोध गर्दछौं ।
हेर्नुहाेस् जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले सामाजिक सञ्जालमा राखेकाे जानकारीः
प्रतिक्रिया दिनुहोस