aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

सडक विभागको दाबीः उपत्यकामा ९० प्रतिशत सडकका खाल्डाखुल्डी मर्मत भइसक्यो

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • बुधबार, २९ माघ २०७६
सडक विभागको दाबीः उपत्यकामा ९० प्रतिशत सडकका खाल्डाखुल्डी मर्मत भइसक्यो

काठमाडौं । सडक विभागले माघ भित्रमा सक्नेगरि सडकका सबै खाल्डाखुल्डी पुर्ने काम गरिरहे पनि अझै सकिने छाटकाट देखिएको छैन । रिङरोड भित्र रहेको सडक डिभिजन कार्यालयले हेर्ने सडक मध्ये हालसम्म ९० प्रतिशत मात्रै खाल्डाखुल्डी मर्मत भएको सडक डिभिजन कार्यलयको भनाइ छ ।

उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र मर्मत सम्भार गर्न २ अर्ब ५ करोड बजेट छुट्याएको मध्ये हालको ६ महिनामा ३३ करोड ३४ लाख २ हजार ९ सय ८० रूपैयाँ बजेट खर्च भएको डिभिजन कार्यलयले जनाएको छ । असारदेखि यता १० किलोमिटर ओभरले गरेको सडक डिभिजन कार्यलयका सुचना अधिकारी सजना अधिकारीले बताइन् । 

सडक विभागअन्तर्गतका करिब ९ हजार किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी तीन महिनाभित्र पुरिसक्ने सडक विभागकोे लक्ष्य रहेको छ । उपत्यका र राष्ट्रिय राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्न र टालटुल गर्न विभागले १ अर्ब रुपैयाँ बजेट छुट्याएको विभागका सूचना अधिकारी अर्जुन सुवालले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डाखुल्डी पुर्न र त्यसका निम्ति वातावरण तयार गर्न निर्देशन दिएपछि सडक मर्मतको काम तीव्रताका साथ अगाडि बढेको छ । सडक विभाग अन्तर्गत रहेको ९ हजार सडक मध्ये सडक डिभिजन कार्यलयले ४ सय सडकको मर्मत सम्भार गर्ने छ । 

प्रतिक्रिया दिनुहोस