aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

ह्वात्तै घट्यो प्याजको मूल्य, किलोको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
ह्वात्तै घट्यो प्याजको मूल्य, किलोको कति पुग्यो ?

काठमाडौं । प्याजको मूल्य घटेर प्रतिकेजी सय रुपैयाँ भन्दा तल झरेको छ। कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको हो।

कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ। त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ।

गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य बढेको थियो। त्यसमा पनि विदेश निर्यातमा प्रतिवन्ध लगाएपछि भारतमा निर्भर नेपाली प्याजको बजारमा मूल्य आकासिएको थियो।

प्रतिक्रिया दिनुहोस