aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पुरा नभएका आयोजनालाई यस पटक प्रशस्त बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
पुरा नभएका आयोजनालाई यस पटक प्रशस्त बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेटमा यसअघि सञ्चालनमा रहेका तर पूरा हुन नसकेका आयोजनाहरुलाई प्रशस्त रकम विनियोजन गर्ने भएको छ । 

अधूरा आयोजनामा बजेट कम दिँदा राज्यको रकम दुरुपयोग हुने र जनताले विकास आयोजनाहरुबाट लाभ लिन नसकेको निष्कर्ष निकाल्दै विगत वर्षदेखि निर्माणमा रहेका रकम अभाव भएका सबै आयोजनाको काम एक वर्षभित्र सक्ने गरी बजेट व्यवस्था गर्न लागेको हो ।

अधूरा आयोजना सम्पन्नमा जोड दिइरहँदा प्रधामन्त्री ओलीले भने केही दिनअगाडि सांसदहरुलाई नयाँ –नयाँ योजनाहरु संकलन गरेर ल्याउन अह्राएका थिए । अब सांसदका योजनाहरु के हुने भन्ने अन्योल सिर्जना भएको छ ।  आजको आर्थिक राष्ट्रिय दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस