aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१० अर्बको ऊखु बेच्दा ७ अर्ब उधारो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
१० अर्बको ऊखु बेच्दा ७ अर्ब उधारो

कामाडौं । समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैया दिएका छैनन् । उखु त्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन् ।


नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पौने ६ अर्ब रुपैयाँ उद्योगीबाट र अनुदानबापतको एक अर्ब ३२ करोड रुपैयाँ सरकारबाट पाउन बाँकी रहेको बताए । 

‘मोटामोटी सात अर्ब रुपैयाँ बक्यौता छ,’ अध्यक्ष मैनालीले भने, ‘चिनी बिक्री नभएको बहाना बनाएर उद्योगीले भुक्तानी दिएका छैनन् ।’ प्रारम्भिक तथ्यांक सात अर्ब रुपैयाँ भए पनि अझै धेरै हुने सक्ने उनले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस