aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

हवाई यात्रामा कोरोनाबाट जोगिन चिकित्सकले दिए यस्तो सल्लाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
हवाई यात्रामा कोरोनाबाट जोगिन चिकित्सकले दिए यस्तो सल्लाह

काठमाडौँ। चीनको वुहानमा रहेका नेपाली नागरिकलाई सुरक्षित ढङ्गले उद्धार गरेर नेपाल ल्याउने अन्तिम तयारी सरकारले गरेको छ। तर, चीन कै अन्य सहरबाट फर्कने नेपाली नागरिक र चीनलाई ट्रान्जिट बनाएर नेपाल आउने नागरिकहरूबाट कोरोना नेपालमा भित्रने त्रास कायमै छ।  

कतै हवाई यात्राका दौरान कोरोनाको सङ्क्रमणमा परिने त होइन भन्ने त्रास पनि व्याप्त छ। त्यसैले चिकित्सकहरूले हवाई यात्रामा कोरोनाको सङ्क्रमणबाट कसरी बच्ने भनेर केही महत्त्वपूर्ण सुझावहरू दिएका छन्।  जसलाई ध्यानमा राखेमा यात्रु जोखिमबाट मुक्त हुन सक्छन्।  

'हातको राम्रो स्वच्छताको अभ्यास गर्नु नै उडानको समयमा करोनाभाइरसबाट आफूलाई जोगाउन सक्ने उत्तम तरिका हो।'  हवाई यातायातमा विशेषज्ञता हासिल गरेका विशेषज्ञ एक मेडिकल विशेषज्ञलाई उदृत गर्दै सीएनबीसीले लेखेको छ ।

अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) का चिकित्सकीय सल्लाहकार डेभिड पोवेलका अनुसार उडानको क्रममा कुनै गम्भीर भाइरल इन्फेक्सन हुने जोखिम “धेरै कम” हुन्छ।  उनले भनेका छन्,'किनभने विमानहरूमा श्वासप्रश्वासको लागी  उपलब्ध हावा उच्च स्तरका फिल्टरहरूले शुद्ध पारेको हुन्छ।'

यद्यपि, यात्रुहरू लाई यदि आफ्नो छेउको यात्री अस्वस्थ रहेछ भने चाहिँ जोखिम रहन्छ। पोवेलले के कुरामा जोड दिएका छन् भने चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिका भनेको  हातको राम्रो स्वच्छता अभ्यास नै हो। श्वासप्रश्वासको विषाणु प्रायः खोकी वा छींक लाग्दा फैलिन्छ। जब त्यो कसैले स्पर्श गर्छ त्यस बेला सर्ने हुन्छ।  जसको अर्थ हातको स्वच्छता प्राथमिक कुरा हो।  

यसको मतलब आफ्नो प्रदूषित हातले आफ्नै अनुहार छोइनु हुँदैन र हातहरू धुनु पर्छ वा हात सेनिटाइजर प्रयोग गर्नुपर्छ यदि हात धुने सुविधा छैन भने ।

चिकित्सकका अनुसार हवाईजहाजमा कुनै पनि भाइरसको फैलावट रोक्नको अर्को तरिका भनेको “खोकीको शिष्टाचार” अवलम्बन गर्नु हो । यसको मतलब खोक्दा टिस्युमा खोक्नुहोस्।  यदि तपाईँ त्यसो गर्न सक्नुहुन्न भने आफ्नो कुहिनोमा खोकी खोक्नुहोस् र तुरुन्तै आफ्नो हातहरू सफा गर्नुहोस्। 

यदि तपाईँको नजिकैको कोही विमानमा अस्वस्थ छ भने तपाईँले त्यो जहाजका चालकलाई यो कुराको सूचना दिनुपर्छ। जसबाटअरुलाई सर्ने जोखिम कम गर्न सकिन्छ।

सार्सको महामारीको बेला डब्ल्यूएचओको संक्रामक रोग इकाईको नेतृत्व गर्ने डेभिड हेमानले गत साता लन्डनमा आयोजित पत्रकार सम्मेलनमा पनि भनेका थिए, "यो जस्तै श्वास प्रश्वासबाट  फैलने प्रकोप रोक्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको हात धुनु नै हो। 

माक्स लगाएकै भरमा सुरक्षित हुने कुरालाई भने ती चिकित्सकहरूले नकारेका छन्। तुलन युनिभर्सिटीका सहायक प्राध्यापक डा. कोरी हेबर्टले पनि नियमित औषधि पसलमा बेचिएका अनुहार छोप्ने मास्कले सहयोग नगर्ने र त्यसमा भाइरस सर्ने कुरा बताएका छन्। "आफ्नो अनुहार नछुने, फ्लू शट लिने, आफ्ना हातहरू पानी र साबुनले धुने तपाईँ आफैले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्" उनले भने।

प्रतिक्रिया दिनुहोस