aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अब काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
अब काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन  !

काठमाडौं । काठमाडौं  महानगरपालिका क्षेत्रभित्र अब रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।  सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।

बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । 

विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस