aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा

झापा । सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । 

सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी फैसला गरेका थिए । 

सो फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पाँचपटक ताकेता गर्दा समेत झापाकोका सवै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारेका हुन् । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस