aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पेट्रोलियम पाइपलाइन निर्माणका लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० बैशाख २०७६
पेट्रोलियम पाइपलाइन निर्माणका लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिए

काठमाडौं ।  भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ ।

पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयाल निगमको कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको उपस्थितिमा चैत ४ गतेदेखि काट्न सुरु गरिएको थियो । 

निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रहेका ६ हजार पाँच सय ६३ वटा रुख काट्ने काम सकिएको आयोजनाका अधिकारीले जानकारी र्दिका छन् । ती रुखलाई टुक्रा गरी सुरक्षित स्थानमा राख्ने र जरा हटाउने कार्य अन्तिम चरणमा पुगेको मोहिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख प्रदिप यादवले बताए ।नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस