aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कुबेतमा चार नेपालीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
कुबेतमा चार नेपालीको मृत्यु

कुबेत । कुबेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । घटनामा चार नेपाली कामदारको मृत्यु भएको कुबेतस्थित नेपाली नियोगका वरिष्ठ अधिकृत जानकी ओझाले पुष्टि गरेकी छिन्।

उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्।‘मुत्ला’ क्षेत्रमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान भने खुलेको  छैन।

घाइतेको उद्धार प्रक्रिया जारी रहेको अरब टाइम्समा उल्लेख गरेको छ । ढिस्कोमा पुरिएका सबै चिनियाँ कम्पनीका कामदार रहेको बताइएको छ । ढिस्कोमा पुरिएकाको तुरुन्तै उद्धार गरेपनि चारजनाको भने घटनास्थलमै मृत्यु भएको हो। गाडिएका ७ जनामध्ये चारजनाको घटनास्थल मृत्यु भएको हो । बाँकी रहेका घाइतेलाई स्थानीय समय अनुसार बुधबार बेलुका ५ बजे अस्पताल पुर्याइएको थियो । 

अरब टाइम्सका अनुसार निर्माणस्थलको ब्लक ५ ढल निर्माण गर्ने क्रममा ढिस्को खसेको थियो ।

प्रतिक्रिया दिनुहोस