
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष कम्पनीले ३२ करोड लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीका अनुसार बजारमा युनिलिभरसँग मिल्दोजुल्दो हुने किसिमका थुप्रै नक्कली सामाग्री भित्रिएकाले नाफा कम भएकाे यसअघि नै जनाइसेकेका छन् । कतिपय उपभोक्ता झुक्किएर ती नक्कली सामान पनि खरिद गरिरहेका छन् ।
सौन्दर्य तथा यस कम्पनीसँग मिल्दोजुल्दो नक्कली सामान भित्रिनुले व्यापारमा थप समस्या उत्पन्न गराएको छ । कम्पनीको यस अवधिमा अन्य स्रोतहरुबाट हुने आम्दानी पनि १४ करोड ६३ लाख रुपैयाँबाट घटेर ३ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ । अन्य स्रोतहरुबाट हुने आम्दानी घटेपछि कम्पनीको मुख्य नाफा घटेको हो ।
कम्पनीका समग्र उत्पादन तथा बिक्री भने १ अर्ब २४ करोड रुपैयाँबाट बढेर १ अर्ब ५६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोष (रिटेन्ड अर्निङ) मा २ अर्ब ७२ लाख रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी ९ सय ७१ रुपैयाँ (वार्षिक) छ । गत वर्ष प्रतिसेयर आम्दानी १ हजार ३०३ रुपैयाँ रहेको थियो ।
युनिलिभर सेयर बजारमा सबैभन्दा उच्च भाउ भएको कम्पनी हो । युनिलिभरले लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस