aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मन्त्रिपरिषद्काे १६ निर्णयः चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानमा चार जना मनोनित, अरू के-के ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
मन्त्रिपरिषद्काे १६ निर्णयः चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानमा चार जना मनोनित, अरू के-के ?

काठमाडौं । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको सदस्यमा चार जनालाई मनोनित गरेको छ । मनोनित हुनेमा जागश्वर गौतम, निर्देशक, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, आरपि विच्छा, निर्देशक, कान्ति बाल अस्पताल, भक्तिमान सुब्बा सम्बाहाम्फे, रानीगाँउ–६, पाँचथर र पेम्बा लामा, हेलम्बु–२ सिन्धुपाल्चोक रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

सकारले नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्या पर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले क्रुज पोर्न निर्माण गर्न चितवनको भरतपुर महानगरपालिका १६ स्थित राष्ट्रिय बन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो ।

यस्तै बैठकले उपनिर्वाचन सम्पन्न भएपश्चात भएको झडपमा परी घाइते भएका अछामको मल्लेखका गम्भीर साउँद, मोहन साउँद, रामबहादुर साउँद र नरबहादुर साउँदको उपचार तथा बिरामी कुरुवा खर्चबापत २ लाख ८३ हजार ५८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस