aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यस्तो छ जेफ बेजोसले किनेको लस एन्जलसको सबभन्दा महँगो घर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
यस्तो छ जेफ बेजोसले किनेको लस एन्जलसको सबभन्दा महँगो घर

एजेन्सी। विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात् अमेजनका प्रमुख जेफ बेजोसले अमेरिकी शहर लस एन्जलसको सबभन्दा महँगो घर किनेका छन् । उनले त्यो घर १६.५ मिलियन डलर मूल्य तिरेर खरिद गरेका हुन्।  यो रकम भनेको १९०० करोड नेपाली रुपयाँको हाराहारीमा हो। यो लस एन्जलसको महँगो सम्पत्तीको एउटा नयाँ रेकर्ड हो।

अमेरिकी मिडियाका अनुसार बेजोसले यो आरामदायी घर (वार्नर एस्टेट) मिडिया व्यवसायी डेभिड गेफेनबाट किनेका हुन्। सो मिडियाका अनुसार यो अहिलेसम्म लस एन्जलसको कुनै पनि आवासीय सम्पत्तिको सबभन्दा महँगो सौदा हो। यस अघि २०१९ मा, लशन मर्डोचले बेल-एयर एस्टेट किन्नको लागि लगभग १५  मिलियन डलर भुक्तान गरेका थिए ।

समाचारका अनुसार, वार्नर एस्टेट नामको यो बंगला बेभर्ली हिल्समा नौ एकडमा फैलिएको छ। यसमा गेस्ट हाउस, टेनिस कोर्ट र गल्फ कोर्स सहित अन्य धेरै चीजहरू छन्। यो घर १९३० मा वार्नर ब्रदर्सका पूर्व अध्यक्ष ज्याक वार्नरले निर्माण गरेका थिए। यो १९३० को दशकमा हलिउड फिल्म टाइटन ज्याक वार्नरको लागि डिजाइन गरिएको थियो।

ई-कमर्श कम्पनी अमेजनका प्रमुख जेफ बेजोसको सम्पत्ती १३१ अर्व डलर छ। उनी संसारको सबभन्दा धनी व्यक्ति मानिन्छन्। हालै  जेफ बेजोसले ५.२५ मिलियन डलरको एक कलाकृति पनी खरीद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस