aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

प्रेम प्रस्ताव अस्विकार भएपछि प्रहरी जवानले आफैँलाई गोली हाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
प्रेम प्रस्ताव अस्विकार भएपछि प्रहरी जवानले आफैँलाई गोली हाने

काठमाडौं । प्रेम प्रस्ताव अस्विकार भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँले पेटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रहरी उपरीक्षक (एसपी) रन्जु सिग्देलले प्रहरी जवान रायले शुक्रबार बिहान साढेसात बजे एक राउण्ड गोली आफ्नै पेटमा प्रहार गरेको बताईन् । घाईते रायको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित नेपाल प्रहरी अस्पताल रेफर गरिएको एसपी सिग्देलले जानकारी दिएकी छिन् ।

घाइते प्रहरी जवानले आफैलाई किन गोली हानेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस