काठमाडौं । नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ।सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्म मात्र ४९ जना उच्च अधिकारीहरुले राजीनामा दिएका छन्।
रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरुको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो।
राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन्।
प्राविधिक उपरथी सुधीर श्रेष्ठ तथा सहायक रथीद्वय जीत गुरुङ र अजय राईले केहीसयम अघि मात्र राजीनामा दिएका थिए।
स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले चालेको कदममाथि असन्तुष्टि जनाउँदै उच्च पदाधिकारीहरुले राजीनामा दिन थालेका हुन्।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने संगठनमा माथि जाने बाटो सकिएको र अवकाशपछि अन्य ठाउँमा जागिर नपाउने हुनाले उनीहरुबाट राजीनामा आएको दाबी गरे।
राजीनामा दिनेहरुले भने प्रधानसेनापति थापाले प्राविधिक तर्फका उच्च अधिकारीलाई विश्वास नगरेको र नातावा, कृपावादलाई निरन्तरता दिएको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस