aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

जुवातासको खालबाट ६ लाख २५ हजार नगद सहित ३० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ फागुन २०७६
जुवातासको खालबाट ६ लाख २५ हजार नगद सहित ३० जना पक्राउ

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-मनमैजु डेरा गरी बस्ने नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भएका ३८ वर्षीय दिनेश पन्तको कोठामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा पन्त लगायत १६ जनालाई नगद ६ लाख २५ हजार रुपैयाँ र ६ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पाल्पा, रामपुर नगरपालिका-५ रानाटोल बस्ने रुद्र कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १४ जनालाई  नगद १ लाख ३ हजार २ सय ८५ रुपैयाँ र ८ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस