aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कोरोना नियन्त्रणका नेपाली योगीले बनाएको जडीबुटी उपयोगी हुने दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ फागुन २०७६
कोरोना नियन्त्रणका नेपाली योगीले बनाएको जडीबुटी उपयोगी हुने दावी

काठमाडौं। आयुर्वेदिक–जडीबुटी अन्वेषक योगी धर्म महारस (धर्मराज पौडेल) ले आफूले कोरोना भाईरसको औषधी (आयुर्वेदिक) पत्ता लगाएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले जीवनको ४८ वर्षदेखि आयुर्वेदिक–जडीबुटीसम्बन्धी खोज तथा अनुशन्धान गरेको सुनाए । अहिले चीनबाट विश्वभरि फैलिएको कोरोनाको माहामारी नियन्त्रणको लागि आफूले पत्ता लगाएको आयुर्वेदिक–जडीबुटीले काम गर्ने विश्वास दिलाए । 

उनका अनुसार कोरोनाको लागि 
१० श्वासरोगनाशक काँढापानी स् लताखएर वा वृक्ष खएर, अरेलु, सतुवा, कुठ वा पदमचाल वा ३–५ पटक पिउनुपर्छ । 
२० रोगप्रतिरोधात्मक कीटाणु–विषाणुमारक ओखती स् प्रातः ६ बजे र बेलुकी खानाको १ घण्टाअगाडि ६ बजे १/१ चम्चा खानुपर्छ 
। ३० श्वासप्रश्वासहर रसादि स् खानाको २ घण्टाअगाडि बिहान ७ र बेलुकी ५ बजे नपकाएको गाउँले महसँग खानुपर्छ । 
४० रस–रसायन चटनी स्   बिहान ८ र दिनमा २ बजे अनि बेलुका ८ बजे ३÷३ ग्राम ३ पटक न तातो न चिसो जलसँग चाट्नुपर्छ । दिनभर पानपात वा बालहरितकी वा शुद्ध शोधित त्रिफलारसायन चुसिरहनुपर्छ । 
५० भोजन पछि अग्निवर्धकचूर्ण :१/१ चौथाइ खाना वा खाजापछि खानुपर्छ । बिहानै र बेलुकातिर वातावरण शुद्ध गर्न अष्ठधूपको धुपौरो लगाउनुपर्छ । 
६० जटामसी÷सुगन्धवाल÷सुनपाती÷अदुवा÷हलेदो इत्यादिको अत्तर नाकको प्वालतिर घस्नुपर्छ ।
 ७० श्वासप्रश्वासशामक अर्क वा स्थानीय चरेको गोअर्क : ३० मि।लि। २–३ पटक पिउनुपर्छ । 
८० भोक लाग्दा सर्वव्याधिहर जीवनीयतत्वरक्षक एवं प्राणशक्तिवर्धक निर्दोष–अमृतवर्गका पौष्टिकचूर्ण ३–१० ग्राम हिममहसँग खानुपर्छ । भोजन ज्ञान–विज्ञान आयुर्वेदिक पथ्या–अपथ्या वैज्ञानिक खानापिना मिलाउन आवश्यक छ । चिसोपानी र ठण्डा खानापिना वर्जित छ । 
९० तातोपानी र मनमनतातोपानी यथासम्भव अक्सिजनवाहक जडीबुटी क्वाथ वा बरपिपलसहितको महाकटु वा त्रिकटुक्वाथ २ पटक १/१ गिलास पिउनुपर्छ । प्राकृतिक कानुन–नियमसँग रही अनुशासनको दिनचर्या गरी यथाशीघ्र सञ्चो हुनुपर्छ । जे खान्छौ त्यो औषधीय होस् रोग घट्दै जावोस्, खानासाथ लाभ मिलोस् । खाएर पिएको ओखतीले छिटो काम नगर्ने र हानीसमेत गर्नेसँग सावधानी अपनाउन जरूरी छ । स्वस्थ प्राकृतिक जीवनशैली र आयुर्वेदीय पद्धति नै मानव स्वास्थ्यक ल्याणकारी सर्वजनप्रिय विषय भएको उनले दावी गरेका छन ।     
 

प्रतिक्रिया दिनुहोस