aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब निकासा

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, ०४ फागुन २०७६
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब निकासा

काठमाडौं । सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो सशर्त अनुदान निकासा गरेको हो । 

काममा लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न तत्कालका लागि सशर्त अनुदानको रुपमा ४ किसिमका स्थानीय तहलाई सो रकम निकासा गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस