
काठमाडौं । देशका अधिकांश स्थानमा आइतबार आंशिकदेखि सामान्य बदली भएको छ । उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावले आज आंशिक तथा सामान्य वदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो देशका पूर्वी, मध्य र पश्चिमी पहाडका केही भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस