aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यसकारण व्हाइट हाउसले पत्याएन कोरोनाबारे चीनका कुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
यसकारण व्हाइट हाउसले पत्याएन कोरोनाबारे चीनका कुरा

एजेन्सी। चीनको हुबेई प्रान्तमा एक महिना अघि देखा परेको र दुई दर्जन मुलुकमा फैलिएको करोनाभाइरस महामारीका बारेमा चीनले सार्वजनिक गरेको तथ्याङ्क सही नभएको भन्दै अमेरिकी सरकारले अविश्वास व्यक्त गरेको छ ।

करोनाभाइरसबाट सङ्क्रमित बिरामीहरूको सङ्ख्याको सन्दर्भमा व्हाइट हाउसले भनेको छ कि उनीहरूलाई "चीनबाट आएको सूचनामा त्यति धेरै विश्वास छैन" । रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको सहयोग लिन चीन हिच्किचाएको देखेपछि अमेरिकी  वैज्ञानिकहरूले  घटनालाई चिन्ताजनक बताएका छन्।

सन् १९५० मा अमेरिका र चीनको व्यापारमा देखिएको अबस्ताबिक उत्पादन कोटाको सम्बन्धमा देखिएको अविश्वाससँग हालको स्थितिको तुलना अमेरिकीहरुले गर्न थालेका छन्। सन् २००३ को सार्स भाइरसको सङ्क्रमणमा परेका र मृत्यु भएकाको सङ्ख्याको पनि अमेरिकाले विश्वास गरेको थिएन। त्यसबाहेक विगत दुई दशकमा चीनले आर्थिक तथ्याङ्क समेत लुकाएको छ भन्ने आरोप अमेरिकाले चीनलाई लगाउँदै आएको छ।  

कोरो नाका कारण हालसम्म १६६५ जनाको चीनमा मृत्यु भइसकेको छन् भने ६८ हजार ५ सय जनामा यसको सङ्क्रमण देखिएको छ।  अमेरिकाले अविश्वास गरे पनि विश्व स्वास्थ्य सङ्गठनले भने यसको रोकथामको लागि चीन सरकारले चालेका  कदमहरूको सह्राना  गरेको छ।  विगतबाट चीनले धेरै पाठ सिकेको र यसको नियन्त्रणमा सफलता हात पार्न उनीहरू सक्षम देखिएको टिप्पणी डब्लुएचओको छ। 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससका अनुसार डब्ल्यूएचओको नेतृत्वमा १२ अन्तर्राष्ट्रिय विज्ञहरूको टोली यसै हप्ता चिनियाँ समकक्षीहरूसँगको सहयोगमा चीन जाँदैछ। सन् २००३ मा चीन सरकारले गम्भीर रूपमा बढेको तीव्र श्वासप्रश्वास सिन्ड्रोमको प्रकोप (सार्स)लाई ढाक्न खोजेको आरोप लगाइएको थियो। त्यस बेला सो रोग दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको थियो।

 तथापि, ह्वाइट हाउसका शीर्ष आर्थिक सल्लाहकार ल्यारी कुडलोले शुक्रवार पत्रकारहरुलाईअमेरिका एकदम निराश भएको बताएका थिए । चीनले आफ्नो मुद्राको मूल्य देखी आर्थिक बृद्दी र कुल ग्राहस्थ उत्पादन सम्मका तथ्याङ्क समेत आफूखुसी बनाउने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ।  चीनले कुनैपनी कुरा पारदर्शी नबनाएको हुनाले उसका कुरा पत्याउन नसकिने उनीहरूको तर्क रहँदै आएको छ।  

प्रतिक्रिया दिनुहोस