aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

उपत्याकाको ट्राफिक अब कडा हुने संकेत, व्यवस्थापनमा सीताराम हाछेथु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
उपत्याकाको ट्राफिक अब कडा हुने संकेत, व्यवस्थापनमा सीताराम हाछेथु

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो । 

महाशाखाले सञ्चालन गरेको तीनमहिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा विशेष कार्यक्रम, यात्रुमैत्री अभियान, विशिष्टीकृत सचेतना कार्यक्रम, स्वयंसेवक परिचालनका साथै ट्राफिक लाइटको व्यवस्था, सिसिटिभीलाई निगरानी गर्नका लागि समितिले काम गर्नेछ । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चक्रपथभित्र हुने ट्राफिक जामलाई अध्ययन गरी न्यूनीकरण गर्नका लागि समिति गठन गरेको जानकारी दिए । 

चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि स्थलगत अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वयमा सुझाव पेश गरी ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाइन समितिले काम गर्ने उनको भनाइ थियो । 

महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलले ट्राफिक व्यवस्थापन सुधारसम्बन्धी ल्याएको अल्पकालीन कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस