aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

नेवि संघ र अनेरास्ववियूका विद्यार्थीबीच झडप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
नेवि संघ र अनेरास्ववियूका विद्यार्थीबीच झडप

काठमाडौं । प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीबीच झडप भएको छ।सोमबार बिहान नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको हो।

गत शनिबार विद्यार्थी पिकनिक गएका थिए। आज सोही विषयमा भएको सामान्य विवादले राजतीनिक रुप लिएपछि दुवै संगठनका विद्यार्थीबीच झडप भएको नेविसंघ आरआर इकाई उपाध्यक्ष चिरञ्जीवी नेपालले जानकारी दिए । 

प्रहरीले उक्त घटनामा संलग्न केही विद्यार्थीलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ। झडपमा केही विधार्थी सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस