aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथ हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथ हुने

काठमाडौं । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । सत्तारुढ दल नेकपाले उपसभामुखबाट फिर्ता बोलाएकी तुम्बाहाङ्फेले आजै मन्त्रीको शपथ लिनेछिन् । 

तुम्बाहाङ्फेले सम्हाल्न लागेको मन्त्रालय यसअघि उपेन्द्र यादवले सम्हालेका थिए । उनको पार्टी समाजवादी सरकारबाट हट्ने निर्णय गरेसँगै उक्त मन्त्रालय रिक्त रहेको थियो । 

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

तुम्बाहाङ्फे कृष्ण बहादुर महरा सभामुख हुँदा उपसभामुख रहेकी थिइन्  । तर, महरालाई बलात्कारको आरोप लागेपछि उनी उक्त पदबाट निलम्बन भएपछि तुम्बाहाङ्फेलाई नेकपाले उपसभामुख पदबाट राजीनामा दिन लगाएका थिए । 
तुम्बाहाङ्फेले आज दिउँसो तीन बजे सपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस