aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कालापानी भनेर छाङ्गरुकै आकाशबाटै फर्किए रक्षामन्त्री पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
कालापानी भनेर छाङ्गरुकै आकाशबाटै फर्किए रक्षामन्त्री पोखरेल

काठमाडाैं । भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली छाङ्गरुकाे आकाशबाटै फर्किएको छ ।

आइतबार दार्चुलाको खलंगा पुगका मन्त्री पोखरेल सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रको निरीक्षणका लागि भनेर निस्किएका थिए ।

भारतीयले मिचेकाे सीमा हेर्न कालापानी पुग्ने बताउँदै निस्किएका मन्त्री पोखरेल नेतृत्वको टोली करिब १७ किलोमिटर वरबाटै छाङ्गरुकै आकाशबाटै फर्किएको छ ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहोरा तथा मानबहादुर धामीसहित १० जनाको टोली प्रतिकूल मौसमको कारण देखाउँदै छाङ्गरुबाट फर्किएको हो ।

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।

सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट कालापानी क्षेत्रका गएकाे टाेली बिहान ९ बजे फर्केकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले जानकारी दिए ।

दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ कोउद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल आइतबार पुगेका हुन् । 

व्यास गाउँपालिका अन्तरगत पर्ने भारतसँग विवाद भइरहेकाे कालापानी, लिपुलेक क्षेत्रको सीमा अवलोकन गरेर मन्त्री पोखरेलसहितको टोली फर्किएकाे हाे । व्यासको तिङ्कर क्षेत्रमा सशस्त्र प्रहरीकाे पाेस्ट राख्न तथा सीमाको अवस्थाबारे अध्ययन/अवलोकन गर्न उनकाे टाेली साे क्षेत्रतर्फ बिहान प्रस्थान गरेकाे थियाे ।
 

प्रतिक्रिया दिनुहोस