aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाको डरले चीनको हुबेईमा ६ करोड मानिस घरभित्रै बन्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
कोरोनाको डरले चीनको हुबेईमा ६ करोड मानिस घरभित्रै बन्दी

काठमाडौं । कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी बनेका छन् कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घरबाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैद भएका हुन्।

तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएको छ।  यस्तै त्यहाँ निजी कार प्रयोगमा पनि अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित छन्। त्यहाँ आइतबाररसम्म १ हजार ६ सय ५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

नयाँ कोरोनाभाइरसलाई कोभिड-१९ नाम दिइएको छ। यसको सङ्क्रमण भएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।

प्रतिक्रिया दिनुहोस