
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय क्षेत्रमा दशकौँ बिताएका र आफू कर्मचारी हुँदा औसतभन्दा काम काम गरेकाहरूले हिजोआज टेलिभिजनहरू केही कुरा नपाएर दशमलव पछिका अङ्कमा बहस गरेको गुनासो गरेका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नव निर्मित भवन सोमबार काठमाडौँमा एक कार्यक्रम बिच उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
वित्तीय क्षेत्रमा दशकौँ बिताएका र आफू कर्मचारी हुँदा औसतभन्दा काम काम गरेकाहरूले हिजोआज टेलिभिजनहरू सरकारको आलोचना गरिरहेकाले तिनीहरूको अनुहार चिन्न समेत उनले आग्रह गरेका छन् । उनले यो सबै मूल्याङ्कन अब जनताले गर्नु जरुरी रहेको कुरामा जोड दिएका छन्।
आफ्नो पालामा महँगी बृदि ६ प्रतिशतले हुने अनुमान गर्ने तर १६ प्रतिशतले महँगी बढ्दा समेत चुप लाग्नेहरूले अहिलेको सरकारले ६ प्रतिशत भनेको थियो ६ दशमलव ४ पुग्यो भन्दै हो-हल्ला गरिरहेको उनले बताए ।
अर्थमन्त्रीले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठुलो हल्ला र प्रचारवाजी भएकोमा समेत गुनासो गरे । खतिवडाले भने, '८ नहुँदा ६/७ प्रतिशत हुन्छ भनेर उहाँहरू कुरा गर्नु हुन्छ। बहसको स्तरै अब ६ भन्दा माथि पुगिसक्यो। उहाँहरू ३/४ प्रतिशतको कुरै गर्न छाड्नु भयो उहाँहरू ।'
सरकारले त्यति कै हावादारी कुरा नगरेको आशय व्यक्त गर्दै खतिवडाले भने, 'सरकारले एक पक्षीय ढङ्गले यो कुरा राखिराखेको होइन। अङ्क पनि बोल्छन्, अनुभूति पनि बोल्छन् र त्यसको प्रभाव पनि बोल्छन् ।'
सरकारले आफ्ना कुरा राख्ने पर्याप्त मञ्च नपाउने हुनाले प्रतिपक्षले भ्रम सिर्जना गर्न र तथ्यहीन प्रचारबाजी गर्न मौका पाएको उनको भनाई थियो । तालिम केन्द्रमा यस्ता बहस समेत हुनुपर्नेमा उनले जोड दिए । विगतमा बैङ्कका सीईओहरुले अत्यधिक तलब खाने होडबाजी रोक्न बहसले महत्त्वपूर्ण काम गरेको अनुभव समेत अर्थमन्त्रीले सो अवसरमा सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस