
काठमाडौं । अमेरिका जानको लागी बैक ब्यालेन्स् देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर प्राईम बैकका खाताबाहक रामचन्द्र कुँवरको खातामा साठ्ठी लाख हाल्न लगाई रकम झिकेर कुलेलाम ठोकेका दुई जना पक्राउ परेका छन् ।
नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं। ३ घर भई हाल का।जि। तार्केश्वर न।पा। २ बस्ने सानुमाया लामालाई रामचन्द्र कुँवरले अमेरिका जानको लागी बैक ब्यालेन्स् देखाउनु पर्ने भनी बिभिन्न प्रलोभनमा पारेका थिए ।
प्राईम बैकका खाताबाहक रामचन्द्र कुँवरको खातामा साठ्ठी लाख रकम राख्न लगाई रकम राखेको र भोली पल्ट प्राईम बैकको शाखा चावहिल ,नयाँबानेश्वर ,कोटेश्वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी रकम निकाली फरार भएका थिए ।
पैसा झिकेर फरार रहेका बागलुङ जिल्ला बागलुङ न।पा। वडा नं।२ पयुपाटा कुँवर टोल हाल ललितपुर ईमाडोल ।१ बस्ने रामचन्द्र कुँवर र काभ्रे पलाञ्चोक चौउरे देउराली गाउँपालिका वडा नं। हालस् जि। ललितपुर ईमाडोल ।१ बस्ने गणेश लामा सम्पर्क विहिन भएपछि महाशाखाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई खोजतलास गर्दै जाने क्रममा सनिबार बेलुका भक्तपुर ठिमी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा निजहरुले अन्य ३ जना समेतवाट ७० लाख लिई ठगी गरेको खुल्न आएको छ । साथै सोही प्रकृतिका घटनाहरु पुनस् दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजगरसचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस