
कैलाली । चालू आर्थिक वर्षको सात महिना बितिसक्दा सुदूरपश्चिम प्रदेशमा बजेट खर्च १३ प्रतिशतमात्र भएको छ ।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले खर्च बढी देखाउनकै लागि विभिन्न बहानामा रकमको दुरुपयोग गरेको आरोप लगाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनामा कुल बजेटमा १३.३४ र चालूतर्फ १२.२९ प्रतिशत खर्च गरेको छ ।
तर, प्रदेश सरकारले भने खटाएको ठाउँमा कर्मचारी नजाँदा र भौतिक प्रगति भएपनि भुक्तानी नहुँदा बजेट खर्च कम भएको दावी गरेको छ ।
गत आर्थिक वर्षको यो अवधिसम्म प्रदेश सरकारले जम्मा ६ प्रतिशतमात्रै बजेट खर्च गरेको थियो ।
बजेट कार्यान्वयन निराशाजनक भएपनि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोरा भने तुलनात्मकरुपमा बजेट खर्चमा प्रगति भएको जिकिर गर्छन् ।
प्रतिक्रिया दिनुहोस