काठमाडौं । बलात्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि र महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएको आधारमा अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो।
अदालतले फैसलामा उक्त कुरा उल्लेख गर्दै महराका वकिल मुरारी सापकोटाले भने ‘महरा कोठामा नगएको भन्ने तथ्य जाहेरवाला रोशनीले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबी बमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ ।’
गत असोजमा संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणीको आरोप लगाएपछि उनले असोज १४ गते राजीनामा दिएका थिए।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरिएको थियो।
तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
कारागारबाट बिदा
बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महारा जिल्ला अदात काठमाडौं आदेश सँगै डिल्लीबजार कारगारबाट बिदाइ भएका छन्।
उनलाइ पूर्वआइजिपी रमेशचन्द्र ठकुरी, रन्जन कोइराला, निलम्बित सांसद रेशम चौधरीलगायत ६ सय कैदीले कारागारबाट पूर्वसभामुख महरालाई बिदाइ गरेका छन्।
महराको रिहाइको कागजी पक्रियासमेत पूरा भएको डिल्लीबजार कारागारका प्रमुख अरुण पोखरेलले जानकारी दिए ।
सांसद पदमा बहाल
फौजदारी मुद्धामा निर्दोष ठहर भएका महराको निलम्बन सांसद पद फुकुवा हुने भएको छ । जिल्ला अदालतले सोमबार उनी निर्दोष रहेको फैसला सुनाएपछि महराले उपभोग गर्दै आएको सांसद पदको सेवासुविधामाथि लागेको निलम्बन फुकुवा हुने भएको हो।
फौजदारी अभियोग लागेपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सेवासुविधा निलम्बन हुने व्यवस्था संसद नियमावलीमा गरिएको छ। तर, उनले सफाइ पाएकाले सेवासुविधा पाउने भएका सोही नियमवालीमा उल्लेख छ।
करिब ५ महिनाअघिसम्म सभामुखको भूमिकामा प्रतिनिधिसभामा प्रवेश गर्ने महरा अब सांसदका रूपमा संसदमा पुनः प्रवेश गर्नेछन्।
प्रतिक्रिया दिनुहोस