aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

गुण्डा नाइके सत्यमान पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
गुण्डा नाइके सत्यमान पक्राउ

काठमाडौं । ‘काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो ।

सत्यमान गण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत काम गर्ने गर्दथे ।

दावा भने पछिल्लो समय नेपाल बाहिर छन् । भारतको सिक्किम र दार्जिलिङ लगायत क्षेत्रमा लुकेर बस्दै आएका दावाले पछिल्लो समय सत्यमानलाई परिचालन गरेर काठमाडौंमो आफ्नो गतिविधि सक्रिय पार्दै आएका थिए ।

सत्यमान लामा यसअघि पनि ठगी, गुण्डागर्दी र लागू औषध कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए । पछिल्लो समय २०७६ असारमा पनि लामा पक्राउ परेका थिए । त्यसअघि २०७५ असारमा पक्राउ परेका सत्यमानलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नवीना लामाले छुटाएकी थिइन् ।

सोमबार भने मदिरा पिएर प्रहरीसँग विवाद गरेपछि लामा पक्राउ परेका हुन् । 

प्रतिक्रिया दिनुहोस