aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोनाभाइरसः वुहानमा अस्पतालका निर्देशककाे नै मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ फागुन २०७६
कोरोनाभाइरसः वुहानमा अस्पतालका निर्देशककाे नै मृत्यु

एजेन्सी । लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए। संसारभर त्रास फैलाएको  कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो । कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो ।

अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे। उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो। ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए ।

साथीहरूसँग त्यस्तो चेतावनीबारे कुरा गरेको भनेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर हप्काइदप्काइ गरेको थियो । पछि उनी बिरामीको उपचारमा खटिएका बेला भाइरसको संक्रमणमा परेका थिए। उनको मृत्युपछि लाखौं चिनियाँले शोक व्यक्त गरेका थिए ।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस