
काठमाडौं, वैशाख ३० । एभीन्युज टेलिभिजनको वीरगन्जस्थित ब्युरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताद्वारा तोडफोडव्गरेको खबर छ । आइतबार साँझ एभीन्युज टेलिभिजनको कार्यक्रम ‘सकस राजनीति’ मा कार्यक्रम सञ्चालक र समाजवादी पार्टी अध्इक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवबीचको गलफत्तिप्रति समाजवादी पार्टी कार्यकर्ताले टेलिभिजनप्रति आक्रोश पोख्दै तोडफोड गरेको प्राप्त समाचारमा जनाएको छ । कार्यक्रम सञ्चालक र यादवबीच गलफती भएपछि यादवले अन्तर्वार्ताको सो कार्यक्रम बीचमै छोडेर हिँडेका थिए ।
प्रतिक्रिया दिनुहोस