काठमाडौं । पशुपति क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढेको छ । अरू वर्षको शिवरात्री जस्तै यो वर्ष पनि शिवरात्री विशेष विभिन्न काम भइरहेको छ ।

प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनार्थी आउने गरेका छन् । अरू वर्ष जस्तै यो वर्ष पनि जोगी बाबाहरु पशुपति वरिवरी आउने र बस्नेको घुइचो लाग्न थालिसकेको छ । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ ।

साधुहरु खुल्ला आकाशमुनि बस्ने भएकाले बाहिरबाट आउने साधुका लागि मन्दिर क्षेत्र वरिपरी बस्ने व्यवस्था गरिएको छ । कोषका साथै विभिन्न दाताहरुबाट खाना खुवाउने व्यवस्था गरिएको छ ।

विभिन्न अखडामा उनीहरुलाई खान, बस्नका लागि प्रबन्ध गरिएको छ । उनीहरुलाई जथाभावी आवतजावत नगर्न कोषले आग्रह गरेको छ ।

शिवरात्रिका दिन १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषले गरेको छ । उक्त संख्यालाई मध्यनजर गर्दै भक्तजनको सुरक्षा व्यवस्थाका लागि पाँच हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटाइने कोषले जनाएको छ ।
कोषले यस वर्ष करिब ५ हजार भन्दा बढि नै जोगी बाबा आउने अनुमान गरेको छ ।






प्रतिक्रिया दिनुहोस