aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

साउदी गएका महिलाले पाउँदैनन् तलब

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, ०७ फागुन २०७६
साउदी गएका महिलाले पाउँदैनन् तलब

काठमाडौं । रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत्  काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ ।

साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर विचल्लीमा पर्ने गरेको पाइएको हो ।

यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्ताइ र कन्ट्राक्टिङ कम्पनीहरुमा काम गरिरहेका नेपाली महिला धेरै छन् । सोझै रोजगारीका लागि साउदी अरब जान महिला कामदारका लागि विभिन्न प्रक्रिया पार गर्नुपर्ने भएकाले यो प्रक्रिया छल्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरुमा पठाइने गरेको पाइन्छ । यस्ता कम्पनीमा काम गरिरहेका नेपाली महिलाहरु पारिश्रमिक, आवास। कार्यस्थल, घर फिर्ति, औषधोपचार लगायतका सुविधाबाट बञ्चित हुने गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस