aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

रहस्यमयी ग्याँसले १४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ फागुन २०७६
रहस्यमयी ग्याँसले १४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कराची शहरको कमारी क्षेत्रमा रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु भएको छ । तर अहिलेसम्म ग्याँस लिक कहाँबाट भयो भन्ने पत्ता लागेको छैन् ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार मर्नेको संख्या १४ पुगेको छ । सरकारी अधिकारीहरु दुई दिनदेखि ग्याँस कुन हो र कहाँबाट लिक भयो पत्ता लगाउन जुटेका छन् ।

कैमारी इलाकाका मानिसहरुले सास फेर्न गार्हो, आँखा, घाँटी र नाकमा जलन तथा आँखाबाट आँसु आउने समस्या भएको बताएका छन् । आइतबार रातिबाट मानिसहरुलाई गार्हो भएपछि अस्पताल जान सुरु गरेका थिए ।

सिन्ध प्रान्तका नगरपालिकामन्त्री नासिर हुसैनका अनुसार अहिलेसम्म दुई सय ५० बढी प्रभावितको असपतालमा भर्ना गरिएको छ । जसमध्ये अधिकांशको उपचारपछि घर पठाइएको छ । मन्त्रीले यो घटना किन भइरहेको छ जाँच सुरु भएको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस