aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

चीनकाे उहानबाट ल्याइएका कसैमा पनि कोरोनाभाइरस छैन : स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ फागुन २०७६
चीनकाे उहानबाट ल्याइएका कसैमा पनि कोरोनाभाइरस छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनकाे उहानबाट नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको छ । 

मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् । 

मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरकाे खरिपाटीमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस