aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

महाशिवरात्रिको तयारी पूरा, गाँजा भाङ खाए सिधै खाेरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ फागुन २०७६
महाशिवरात्रिको तयारी पूरा, गाँजा भाङ खाए सिधै खाेरमा

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले शुक्रवार हुने महाशिवरात्रिको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बुधवार दिउँसो पत्रकार सम्मेलन गरी कोषले विभिन्न समितिहरु गठन भइसकेकोले कार्यक्रम भव्यताका साथ महाशिवरात्री सम्पन्न हुने विश्वास लिएको छ ।

१० लाख भक्तजन भित्रिने अनुमान 
पशुपति क्षेत्रमा शिव रात्रिको दिन १० लाख भक्तजन भित्र्ने लक्ष्य पशुपति विकास कोषले लिएको छ । उक्त दिन पशुपतिको मन्दिर परिसर र कोर क्षेत्रमा विशेष किसिमका बत्तिहरू र फुलले समेत सिगारिने भएको छ ।
 
शिवरात्रिको दिन आउने लाखौ भक्तजनको समग्र व्यवस्थापनलाई मध्यनजर राख्दै कोषले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराइको संयोजकत्वमा १११ सदस्य गठन गरी योजना तय गरेको कोषले जनाएको छ । 

उक्त मेलामा नेपाल प्रहरीको  अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी जनशक्तिलाई समेत मेला अवधिभर परिचानग गर्ने भएका छन् । साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरी मेला क्षेत्रको विषेश अनुगमन गरिने छ ।
 
शिवरात्रिको दिन नेपाल स्काउट समेत गरी ५ हजार जना स्वयंसेवक परिचालन गरिने कोषले जानकारी दिएको छ । उक्त मन्दिर वरिपरी कोर क्षेत्रमा डाक्टर, नर्स, ओषधी र वेड सहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ । ३३ वटा स्वास्थ्सँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन भने एम्बुलेन्स र आपतकालीन अवस्थाका लागि दमकलको व्यवस्था समेत रहेको कोषले जनाएको छ । 

गाजा र भाङ खान रोक 
शिवरात्रिको पर्वमा गाँजा, भाङ् जाँड, रक्सी जस्ता नसालु पर्दाथ बिक्रिवितरणर, ओसारपसार भण्डारण एवं प्रयोग गर्न वा सेवन नगर्न कोषले अनुरोध गरेको छ । 

पशुपतिमा आएका जोगीबाबालाई समेत नसालु पदार्थ खान रोक लगाएको छ । उनिहरुले खाए नखाएको कोषले अनुअगन गरिरहेको र यो वर्ष शिवरात्रिमा आउने जोगीबाबाहरुले नसालु पदार्थ सेवन नगर्ने पशुपति विकास कोषका सदस्य सचिव प्रदिप ढकालले बताए । 

दर्शन मार्ग
शिवरात्रिको दिन मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणर्मूिर्त हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट लाइन बस्दा बत्तिसपुलति, गौशाला तथा एयरर्पोट, तिलगंगा भएर पिङ्गलास्थान, सुमार्गी भवन अगाडि भएर  चारशिवालय, पञ्चदेव हुँदै दक्षिण ढोकाबाट १+१ लाइन गरी बाहिरी रुपमा दर्शन लाएनहरु रहनेछन । 

तिलगंगा राममन्दिर तर्फ आवश्यकता अनुसार एक लाइन हुनसक्ने छ । नित्य दर्शनार्थीहरूको लागि बिहान ७ बजेभित्र भुवनेश्बरीस्थित फलामको  सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । यस वर्ष जुन दर्शनमार्गबाट  मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरीने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ । 

पार्किङ्ग तथा ट्रार्फिक व्यवस्थापन 
तीलगंगा क्षेत्रको उपलब्ध हुन सक्ने स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यलय, महानगरीय प्रहरी वृत्त÷ट्राफिक प्रहरी प्रभाग गौशाला, र सिफल चौर रहेको छ भने गुहेश्वरी पारीको स्थानको लागि ५ स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । एयरर्पोट, गौशाला चावहिलको रिङ्गरोडमा दर्शनार्थिहरुको चापलाई ध्यानमा राखी एकतर्फी सवारी गुड्न दिने व्यवस्था मिलाइएको छ । 

वनकालीको खुल्लास्थान तीलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकी करिब १०० वटा संघसंस्थाले निशुल्क भोजन, पानी चिया वितरण गर्ने छन् । शिवरात्रिको लागि सम्पूर्ण तयारी पुरा भएको कोषको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस