aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

व्यक्तिगत रिसीइबीका कारण कार तोडफोड गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ फागुन २०७६
व्यक्तिगत रिसीइबीका कारण कार तोडफोड गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई बुधबार बिहान पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले मित्रनगर विकास तथा सुधार समितिका वरिष्ठ उपाध्यक्ष दीपककुमार सिङ्खडाको कार तोडफोड गरेको आरोपमा थापालाई पक्राउ गरिएको जानकारी दिए । 

“व्यक्तिगत रिसिइबीका कारण थापाले सिम्खडाको कारमा तोडफोड गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने। पक्राउ परेका थापालाई मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस