aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

हुम्ला जिल्लामा केन्द्र विन्दु बनाएर भूकम्प गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
हुम्ला जिल्लामा केन्द्र विन्दु बनाएर भूकम्प गयो

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ    बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  
    
भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले  भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएकोे बताउनुभयो । भूकम्पछि केही भागदौड भएको बताइएको छ । 
–––

प्रतिक्रिया दिनुहोस