aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पप्पुसहित ६ कम्पनीलाई कालोसूचीमा राखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
पप्पुसहित ६ कम्पनीलाई कालोसूचीमा राखियो

काठमाडौं । नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।  कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेको कार्यालयले जनाएको छ । कार्यालयले पप्पुलाई तीन वर्षसम्म र अन्यलाई भने एक वर्षसम्म कालोसूचीमा राखेको छ । 

कालोसूचीमा पर्नेमा पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनसहितको अशोक न्यासुरको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबबीकेसी निर्माण सेवा रहेको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस