
काठमाडौं । बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले बिहीबार देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार दिउँसो पहाडी क्षेत्रको थोरै ठाउँमा हल्का पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ । यस्तै बिहीबार रातिदेखि यो प्रणाली अझै सक्रिय हुने देखिएकाले राति देशभरिकै मौसम बदली भइ केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको बताईएको छ ।
बिहीबारभन्दा शुक्रबार देशका धेरै ठाउँमा हिउँ र पानी पर्ने छ । शनिबारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद्को भनाइ छ ।
प्रतिक्रिया दिनुहोस