aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आरोप दिनदिनै लाग्छ, यस्ता आरोप असत्यमा प्रमाणित हुन्छः मन्त्री बास्कोटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
आरोप दिनदिनै लाग्छ, यस्ता आरोप असत्यमा प्रमाणित हुन्छः मन्त्री बास्कोटा

महेन्द्रनगर । सूचना तथा सञ्‍चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन्।  बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवन उद्‍घाटन कार्यक्रममा बोल्दै आफूमाथि लागेको आरोप तथ्यका आधारमा प्रमाणित गर्नुपर्ने प्रष्ट पारे।

‘आरोप आफैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ । सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छन्’ उनले थपे , ‘कहिले राष्ट्रघात, कहिले विकास निर्माण त कहिले भ्रष्टाचार गरेको आरोप लाग्छ, हामी संघर्ष गर्दै अगाडि बढ्छौं।’
 
उनले यस्ता आरोप असत्य प्रमाणित हुने दाबी गरे । सरकार सञ्‍चालन गर्दा आरोप लाग्ने गरेको स्वभाविक भएको बताउँदै संघर्षसित जुध्दै जाने उनले बताए ।

‘सरकार भ्रष्टाचारमा डुब्यो भन्छन् खै क हाँ डुब्यो ?’ उनले प्रश्न गरे। बालुवाटार प्रकरणमा सरकारले सत्यतथ्य छानविन भइरहेको दावी गर्दै उनले माधव कुमार नेपाल र विष्णु पौडललाई अदालतले निर्दोष ठहर भएको जिकिर गरे । तथ्य प्रमाणले जे भन्छ त्यही गर्ने हो,’ उनले भने, अदालतको निर्णय पनि नमान्ने हुन्छ ?’

सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । उनले आफुमाथि लागेको आरोप मैले पुष्टि गर्न सक्नु पर्ने बताए । उनले केही व्यक्तिले सरकारको बदनाम गर्न निराधार आरोप लगाउने गरेको बताए।

प्रतिक्रिया दिनुहोस