aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सांसद तथा मन्त्रीविरुद्ध जथाभावी लेख्नेलाई कारबाही गर्न लेखा समितिको पत्राचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
सांसद तथा मन्त्रीविरुद्ध जथाभावी लेख्नेलाई कारबाही गर्न लेखा समितिको पत्राचार

काठमाडाैं । संसद्‌को सार्वजनिक लेखा समितिले सामाजिक सञ्जालमा सांसदहरूविरुद्ध जथाभावी लेख्नेलाई कारबाही गर्न साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको छ।

बिहीबार बिहान बसेको समितिको बेठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद विषयमा विजय प्रकाश शर्मा, प्रभातकुमार उपाध्यायलगायतले सामाजिक सञ्‍जालमा जथाभावी लेखेको भन्दै कारबाही गर्न माग गरेको हो।

'समितिमा छलफलका क्रममा रहेको विषय सुरक्षण मुद्रण स्थापनासम्बन्धी विचाराधीन विषयसँग जोडेर तपसीलका व्यक्तिले माननीय सदस्यहरुकाे भ्रामक समाचार अनलाइन मिडिया तथा सामाजिक सञ्‍जालमा फैलाएको तथा माननीयज्युहरुको चरित्रहत्या गर्ने प्रयास गरेकाले निजहरुलाई साइबर क्राइम गरेको सम्बन्धमा कानुनबमोजिम कारबाही गरी सोको प्रतिवेदन यथाशक्य यस समितिमा पेस गर्नुहुन अनुरोध छ,' समितिद्वारा गरिएको पत्राचारमा भनिएको छ ।

लेखासमितिकाे यस्ताे कार्यले लेखासमिति माथी नै अाशंका बढाएकाे राजनीतिक बिश्लेषकहरूकाे टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस