aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रधानमन्त्रीले भने- जनप्रतिनिधि बन्‍नु ‘लुटिङ फेसिलिटी’ होइन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
प्रधानमन्त्रीले भने- जनप्रतिनिधि बन्‍नु ‘लुटिङ फेसिलिटी’ होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लुट्नको लागि प्राप्त नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको पुस्तक ‘आर्थिक सम्मृद्धि’ सार्वजनिक समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन् । 

‘रुलिङ पोजिशनमा पुग्नु भनेको लुटिङ फेसिलिटी पाएको होइन’–उनले भने । प्रधानमन्त्री ओलीले आफ्नो तलब बैंकका सीईओको भन्दा कम रहेको पनि बताए । उनले भने–‘मेरो तलब १ लाख पनि छैन । ’

त्यस्तै ओलीले सत्तामा बस्ने अविलाशा कसैको नभएको बताएका छन् । ‘सत्तामा धेरै बस्ने अविलाशा कसैको हुँदैन’, उनले भने, ‘त्यहाँ बसेर काम गर्ने हो । चुचुरोमा पुग्ने हो र अर्लिने नै हो ।’

बैंकमा ऋण लिन जाँदा फारम भर्दा भर्दै हैरान हुनुपर्ने दिन छिटो सकियोस्, फारमले सुटकेश भरेर हुन्छ ? प्रधानमन्त्रीको प्रश्न थियो । सत्तामा बसेकाहरु भ्रष्टाचारी भएको आलोलना बढ्न थालेको प्रशंगमा उनले भने–‘कसैले घर बनाउने बित्तिकै, गाडी किन्ने बित्तिकै छानबिन गर्ने हो र ? प्रमाण चाहिन्छ नि अध्ययन गर्न, छानबिन गर्न पनि । तेत्तिकै तर्साउने हो र ?’

प्रतिक्रिया दिनुहोस