काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ ।
दूताबासले आज एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउँदै समाचारमा उल्लेखित व्यक्तिसँग दूताबासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट नरहेको स्पष्ट पारेको छ ।
मन्त्री बाँस्कोटासँग कमिसनबारे छलफल गर्ने विजय मिश्रले भने आफू स्वीस कम्पनीको स्थानीय एजेण्ट भएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस