aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी ताेकेको हो ।

यसअघि गोकुल बाँस्कोटाले सम्हाल्दै आएको मन्त्रालय अब भने खतिवडाले सम्हाल्ने छ । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरको संवाद बाहिरिएपछि बिहीबार बाँस्कोटाले राजीनामा दिएका थिए ।

बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले मन्त्रालयको जिम्मेवारी डा. खतिवडाले सम्हाल्ने गरी ताेकेकी हुन् ।

साथै, यसअघि बाँस्कोटाले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेवाङलाई दिइएको छ ।

गाडी र अंगरक्षक बालुवाटारमै छाडेर बाहिरिए बास्कोटा

मन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् ।

गाडीविहीन भएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् ।

काभ्रे पुर्ख्यौली थलो रहेका बास्कोटाको घर भक्तपुरमा छ । तर, मन्त्री बनेपछि उनी प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस