aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

महाशिवरात्रिः पशुपतिमा नागा बाबाहरुको रुप यस्ताे देखियाे [फाेटाे फिचर]

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
महाशिवरात्रिः पशुपतिमा नागा बाबाहरुको रुप यस्ताे देखियाे [फाेटाे फिचर]

काठमाडाैं ।  महाशिवरात्रि अथवा मुख्य शिवरात्री हिन्दुहरूको चाडकै रूपमा मनाउँदै आइरहेको छ । शिवरात्रि हरेक महिना परेता पनि महाशिवरात्रि भने वर्षकाे एक दिन फाल्गुन कृणपक्ष चतुर्दशीकाे मध्य रात  शिवजी रूपहरू मध्ये रूद्र रूपमा प्रकट भएकाेले त्यसै रातलाइ बिशेष महत्वका साथ मनाउने गरिँदै आइरहेको छ । 

उक्त रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णन गरिएकाे छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।

हेर्नुहाेस् तस्वीरहरू


प्रतिक्रिया दिनुहोस